बिहीबार, पुस १०, २०८२

अग्रज पत्रकार भैरव रिसालको निधन

 |  आइतबार, चैत २४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

काठमाडौं- अग्रज पत्रकार तथा लेखक भैरव रिसालको निधन भएको छ। आइतबार काठमाडौंको फ्रन्टलाइन हस्पिटलमा उनको निधन भएको हो।

National life

रिसाल ९७ वर्षका थिए। रिसालले मृत्युपछि शरीर दान गरेका छन्। उनको शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिनेछ। 

उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो। 

पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन्। उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला सञ्चालन गरेका थिए। वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए।

पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए। लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्यांक विभागमा रहेर काम गरेका थिए ।

Laxmi sunrise bank
kumari

रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित: Apr 06, 2025| 22:31 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्