बिहीबार, असार ४, २०८३

'वायु प्रदूषण अझै बढ्ने सम्भावना छ'

 |  आइतबार, चैत २४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

काठमाडौं- वायु प्रदूषण थप बढ्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ।

National life

महाशाखाले आइतबार राति ८ बजे आगामी २४ घण्टाको मौसम पूर्वानुमान सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो।  

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली  प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। हिमाली र तराईं क्षेत्रको मौसम भने आजराति मुख्यतयाः सफा रहने महाशाखाको भनाइ छ।  

देशका धेरै स्थानमा वर्षाको सम्भावना कम रहेको, जसका कारण सुख्खापन, आगलागी तथा वायू प्रदूषण बढ्दै जाने सम्भावना रहेकोले यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको महाशाखाको भनाइ छ ।  

Shivam cement

सोमबार पनि हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा खण्डित वर्षा सहितको मेघगर्जन, चट्याङ्ग र हावाहुरीको वर्षाको सम्भावना रहेको बताउँदै महाशाखाले तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको उल्लेख गरेको छ । 

प्रदूषणका कारण काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित सहर बनिरहेको छ।

प्रकाशित: Apr 06, 2025| 20:11 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्