शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • माछापालनमा लाग्न किसानलाई प्रेरित गर्दै मत्स्य विकास केन्द्र

माछापालनमा लाग्न किसानलाई प्रेरित गर्दै मत्स्य विकास केन्द्र

 |  आइतबार, चैत २४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

बागमती- कुलेखानीस्थित मत्स्यविकास केन्द्रले माछापालनलाई प्रोत्साहन गर्न विद्यार्थी र कृषक लक्ष्यित गरी मत्स्य घुम्ती शिविर र विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र वडा नम्बर १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा मत्स्य केन्द्रले माछापालनसम्बन्धी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो। 

मत्स्य केन्द्रका प्रमुख मनिता पौडेललका अनुसार हालै कालिका मावि फाखेलमा आयोजना गरिएको स्कूल शिक्षा कार्यक्रममा २४ जना विद्यार्थी, नौ जना विद्यालयका कर्मचारीलाई माछापालन पद्धति, मुलुकमा मत्स्यपालनको अवस्था, पाल्न सकिने माछाका जातलगायत माछाको पौष्टिक महत्व तथा प्राकृतिक जलाशयको संरक्षणलगायत विषयमा प्रशिक्षण दिइएको छ।

माछापालनलाई प्रोत्साहन गर्ने उद्देश्यले केन्द्रले चितवनको खैरहनी, सिन्धुलीको मरिण र नुवाकोटको ककनीमा मत्स्य घुम्ती शिविर सञ्चालन गरेको छ।

चितवनको खैरहनीमा आयोजित शिविरमा सुन्दरदीप महिला सहकारी संस्थामा आबद्ध २१ जना कृषकको सहभागिता रहेको थियो।

सिन्धुलीको मरिण-४ सहान र नुवाकोटको ककनीमा सञ्चालित मत्स्य घुम्ती शिविरमा सहभागी ६० जना किसानलाई उन्नत जातका माछा पाल्नेबारेमा जानकारी दिँदै पोखरी अवलोकन गरिएको केन्द्र प्रमुख पौडेलले बताए। रासस

प्रकाशित: Apr 06, 2025| 19:31 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्