शुक्रबार, असोज १६, २०८३

खेतीमा यन्त्रको प्रयोग बढाउँदै दाङका किसान

 |  आइतबार, चैत २४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

दाङ- यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ। किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन्। अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन्। 

घोराही उपमहानगरपालिका-६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गरेका छन्। उनले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आएका छन्।

'खेतबारीमा काम गर्ने खेताला पाइँदैन, यन्त्रको सहायताले खेती गर्न सजिलो भएको छ। तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको हुँ।' थ्रेसरले दाइँ गरेर तोरी, गहुँ र मुसुरो भित्र्याएको उनले बताए। यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको उनी बताउँछन्।

घोराही-१७ कर्जाहीका आशाराम चौधरीले पनि थ्रेसरको प्रयोग गरेर जौ, गहुँ र तोरी दाए। 'खेताला लगाउँदा चार-पाँच दिन लाग्थ्यो अब थ्रेसरको सहायताले सजिलो भएको छ। थ्रेसरका माध्यमबाट कम समयमा धेरै काम हुने भएकाले किसानलाई राहत मिलेको छ', उनले भने।। 

घोराही उपमहानगरपालिकाले हाते ट्र्याक्टर, थ्रेसर, मल छर्ने मेसिन, सिँचाइका उपकरण अनुदानमा वितरण गर्दै आएको नगरप्रमुख नरुलाल चौधरले बताए। उनले भने, 'मागका आधारमा थ्रेसरलगायत उपकरण पालिकाले आधा सुविधामा वितरण गर्दै आएको छ।' रासस

प्रकाशित: Apr 06, 2025| 19:01 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्