बिहीबार, असार ४, २०८३

शिक्षकले गरे हड्ताल घोषणा

 |  आइतबार, चैत २४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

काठमाडौं- शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउन भन्दै नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हड्तालको घोषणा गरेको छ।

National life

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आइतबार प्रेस विज्ञ जारी गरी शैक्षिक हड्तालको घोषणा गरेका हुन्। महासंघले देशभरका विद्यालय बन्द गरेर शिक्षक र कर्मचारीलाई काठमाडौं बोलाएको छ।

महासंघले भनेको छ, ‘यो आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ। अब देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक कर्मचारी साथीहरूलाई आग्रह गर्दछौं।’

शैक्षिक हडतालको अवधिमा उत्तर पुस्तिका परीक्षण, नजिता प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलगन नहुने महासंघले जनाएको छ।

शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर देशभरका शिक्षक आन्दोलनमा छन्। उनीहरू काठमाडौं आएर माघ २० गतेदेखि प्रदर्शन गरिरहेका छन्। सरकारले वार्ताका लागि बोलाए पनि शिक्षकहरू वार्तामा गएका छैनन्। 

Shivam cement

 

प्रकाशित: Apr 06, 2025| 10:41 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्