बिहीबार, पुस १०, २०८२

डम्मर कुँवरलाई काल बनेर आयो चैतेदशैं

 |  शनिबार, चैत २३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत २३, २०८१

अछाममा घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ।

National life

जिल्लाको साँफेबगर नगरपालिका–५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो।

चैतेदसैँको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका उनको उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याइएको थियो।

उपचारका क्रममा शनिबार दिउँसो कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको छ।

प्रकाशित: Apr 05, 2025| 20:03 शनिबार, चैत २३, २०८१
प्रतिक्रिया दिनुहोस्