बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अदालतको आदेश आएको केही घण्टामै रवि लामिछाने प्रहरी नियन्त्रणमा

अदालतको आदेश आएको केही घण्टामै रवि लामिछाने प्रहरी नियन्त्रणमा

 |  शुक्रबार, चैत २२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २२, २०८१

काठमाडौं- उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै रास्वपा सभापति तथा निलम्बित सांसद रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life

अदालतको आदेश आएपछि उनले आफैं गिरफ्तारी दिने बताएका थिए। फेसबुकमा स्टाटस लेख्दै उनले सम्मानित अदालतको आदेशको सम्मान गर्दै आफैं गिरफ्तारी दिन लागेको बताएका हुन्। उनले लेखेका छन्, 'सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं, आजै, अहिले नै गिरफ्तारी दिँदैछु। साथै न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। म माथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्।'

रविलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली हात्तीगौंडास्थित उनको निवास पुगेको थियो। शुक्रबार बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश दिएको हो।

यसअघि माघ १३ गते रविलाई एक करोड रूपैयाँ धरौटीमा छाड्न रूपन्देही अदालतको आदेश दिएको थियो। त्यसपछि फागुन १६ गते रविले जिल्ला अदालत रूपन्देहीको आदेश बदर गरी पाऊँ भन्दै उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दिएका थिए।

बुटवलको सुप्रिम सहकारीले बचतकर्ताको १ अर्ब रूपैयाँ भन्दा बढी रकम ठगेको भन्दै प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा निवेदन परेको थियो।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 04, 2025| 21:30 शुक्रबार, चैत २२, २०८१
प्रतिक्रिया दिनुहोस्