शुक्रबार, असोज १६, २०८३

जाजरकोटमा दुई वटा भूकम्प महसुस

 |  शुक्रबार, चैत २२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २२, २०८१

काठमाडौं- कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ। 

तीन मिनेटको फरकमा जाजरकोटका पैंक केन्द्रबिन्दु भएर पहिलो भूकम्प शुक्रबार साँझ ८ बजेर ७ मिनेटको समयमा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार ८:१० बजे अर्को भूकम्प ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पबाट केकति क्षति भएको छ त्यस सम्बन्धमा बुझ्न ग्रामीण क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ।

दुईपटक गएको भूकम्पका कारण मानिस सडकमा निस्केका छन्। केही समय अघिमात्र भूकम्पबाट ठूलो धनजनको भएको थियो।

भूकम्पको धक्का पश्चिम नेपालसहित काठमाडौं उपत्यकासम्म पनि महसुस गरिएको थियो । 

प्रकाशित: Apr 04, 2025| 20:52 शुक्रबार, चैत २२, २०८१
प्रतिक्रिया दिनुहोस्