शुक्रबार, असोज १६, २०८३

मन्दिरमा दिसापिसाब फ्याँक्ने महिला पक्राउ

 |  शुक्रबार, चैत २२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २२, २०८१

काठमाडौं- मन्दिरमा मलमूत्र फ्याँकेर दूषित पारेको आरोपमा काठमाडौंको नागार्जुन नगरपालिकाबाट एक महिला पक्राउ परेकी छिन्। 

प्रहरी वृत्त स्वायम्भूको टोलीले काठमाडौंको धोबीचौर घर भई हाल सुकेधारा बस्ने  ६१ वर्षीया मिठु तिवारी गर्तौलालाई बिहीबार पक्राउ गरेको हो। 

नागार्जुन नगरपालिका–५ मा रहेको आदेश्‍वरलगायत मन्दिरमा गत मंसिर १४ गतेयता पटक–पटक मलमूत्र फ्याँक्दै आएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। 

नागार्जुनको चुण्डेश्‍वर मन्दिर, सितापाइलाको गणेश मन्दिर र हरिसिद्धि मन्दिरमा पनि मलमूत्र छर्की दूषित कार्य गरेको सीसीटीभी फुटेज समेतका आधारमा निज महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

बिहीबार दिउँसो १२ बजे नागार्जुनकै आदेश्‍वर मन्दिरबाट पक्राउ परेकी ती महिलाको साथबाट प्रहरीले पिसाबजस्तो देखिने तरल पदार्थ रहेको पाँचवटा बोतल पनि बरामद गरेको छ। 

प्रहरीले उनलाई ‘धर्मसम्बन्धी कसुर’मा मुद्दा चलाएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीमाथि थप अनुसन्धान कार्य भइरहेको छ।

प्रकाशित: Apr 04, 2025| 19:54 शुक्रबार, चैत २२, २०८१
प्रतिक्रिया दिनुहोस्