बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउन मानवअधिकार आयोग आग्रह

तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउन मानवअधिकार आयोग आग्रह

 |  शुक्रबार, चैत २२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २२, २०८१

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनाको छानबिन जारी रहेकाले अनुसन्धानमा आवश्यक सहयोग पुर्‍याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ।

National life

काठमाडौँको तीनकुनेसहित आसपासका क्षेत्रमा यही चैत १५ गते पूर्वराजा समर्थकद्वारा गरिएको प्रदर्शनका क्रममा भएको घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानमा आवश्यक सहयोग र समन्वय गर्न आयोगले सरोकार भएका सबैलाई आग्रह गरेको हो।

आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएका भनिएका प्रदर्शन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको उल्लेख गर्दै निजलाई बिनापूर्जी निजको घरमा प्रहरी निगरानीमा राखिएको आयोगले जनाएको छ।

उक्त टोलीले प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे विभिन्न अस्पतालमा पुगी जानकारी लिएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।

घटना भएको दिन आयोगले विभिन्न टोली बनाइ अनुगमन गरी मानविय तथा भौतिक क्षतिको अवस्था र मानवअधिकारको उल्लङ्घनका विषयलाई गम्भीरताका साथ अनुसन्धान गरिरहेको उनले बताए। आयोगमा उक्त घटनासँग सम्बन्धित थप उजुरी र ज्ञापनपत्रसमेत प्राप्त भएका जनाइएको छ।

Shivam cement

प्रकाशित: Apr 04, 2025| 17:57 शुक्रबार, चैत २२, २०८१
प्रतिक्रिया दिनुहोस्