बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कुलमान  भन्छन्- मलाई जनताको स्नेह र आशीर्वादले हार्न दिएको छैन 

कुलमान  भन्छन्- मलाई जनताको स्नेह र आशीर्वादले हार्न दिएको छैन 

 |  शुक्रबार, चैत २२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २२, २०८१

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङले आफूलाई अझै जनताको स्नेह र आशीर्वादले हार्ने छुट नदिएको बताएका छन्।

National life

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफूलाई हटाउन लाग्नुको स्वार्थबारे सबै जनता जानकार रहेको बताएका छन्।

‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरिय पर्याप्त सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारितापूर्वक खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित गराउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,’ घिसिङले भनेका छन्, ‘नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन।’

साथै, उनले आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बिदा भए पनि नागरिकको रुपमा गर्नुपर्ने कर्तव्यबाट पछि नहटेको बताए।

प्रकाशित: Apr 04, 2025| 14:35 शुक्रबार, चैत २२, २०८१
प्रतिक्रिया दिनुहोस्