बिहीबार, पुस १०, २०८२

सवारी दुर्घटनामा पाँचको मृत्यु, दुईजना मृत फेला

 |  शुक्रबार, चैत २२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २२, २०८१

सल्यान, बनगाड कुपिण्डे नगरपालिका-१ बाङगिरास्थित सडकमा नेपालगंजबाट सुर्खेत गोजी बजारतर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०७९० नम्बरको गाडीबाट खसेर गाडीमा सवार सुर्खेत सिम्ता गाउँपालिका-५ बस्ने २८ वर्षीय गणेश बुढाको बिहीबार साँझ मृत्यु भएको छ।

National life

गाडीबाट खसेर गम्भीर घाइते भएका उनको मेहेलकुना अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित सडकमा पकलीबाट चतरातर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ५३०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ मिलन चोक बस्ने ७७ वर्षीया मन माया गिरीको मृत्यु भएको छ। मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बिपि कोईराला स्वास्थ्य प्रतिष्ठान घोपा अस्पताल धरानमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उदयपुर, कटारी नगरपालिका-४ मुसहरी टोलस्थित सडकमा प्रदेश २-०१-००३ प ५४२२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सिन्धुली दुधौली नगरपालिका-५ घारीथुम्सी बस्ने ७१ वर्षीय अमर बहादुर सुनुवारको बिहीबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिराहा, गोलबजार नगरपालिका-४ निपानेस्थित सडकमा गोलबजारबाट मनहौरतर्फ जाँदै गरेको प्र.२-०१-००१ प ०२७७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइलयात्रीहरू सोही नगरपालिका-१३ बस्ने ४७ वर्षीय हन्स राज यादव र उनकै नाती ३ वर्षीय सूर्य यादवको मृत्यु भएको छ। बिहीबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका हन्स राजको प्रादेशिक अस्पताल लहानमा र सूर्यको न्यूरो अस्पताल विराटनगर मोरङमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बर्धमान अस्पताल र मोटरसाइकलमा सवार १ जनाको लाइफ लङ्ग अस्पताल गोलबजारमा उपचार भइरहेको छ।

Laxmi sunrise bank
kumari

मृत फेला
ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँ बुद्ध पोखरी यङगल टोल बस्ने ४१ वर्षीय बिनोद श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ भगवती पथस्थित सडक किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३२ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 04, 2025| 13:10 शुक्रबार, चैत २२, २०८१
प्रतिक्रिया दिनुहोस्