बिहीबार, चैत २८, २०८१

तीनकुने घटनाबारे संसदीय समितिमा के भने गृहमन्त्रीले ?

 |  शुक्रबार, चैत २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २२, २०८१

vianetvianet

काठमाडौं- राजसंस्थावादीहरूले चैत १५ मा आगजनी, तोडफोड र लुटपाट मच्चाएको विषयमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा जानकारी गराएका छन्। प्रदर्शनको नेतृत्वकर्ताको उद्दण्डता कारण घटना भएको लेखकको भनाइ छ।

triton college

राज्यव्यवस्था समितिको शुक्रबारको बैठकमा मन्त्री लेखकले संविधान च्यात्ने र व्यवस्था फाल्ने गतिविधि स्वीकार्य नहुने पनि स्पष्ट पारे। 'संविधान च्यात्ने र व्यवस्था फाल्ने गतिविधि निस्तेज पारिनेछ,' उनले भने, 'त्यस्तो हुन्छ आन्दोलन, प्रदर्शन ? त्यै हो लोकतन्त्रको उपयोग गरेर आलोचना गर्ने कुरा ? त्यसरी नै यो संविधान जोगाउन सक्छौं ?'

गृहमन्त्री लेखकले राजावादीहरूको प्रदर्शन कुनै राजनीतिक नभई संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई हिंसात्मक तरिकाबाट उल्ट्याउने योजनाका आधारमा रहेको देखिएको बताए। लोकतान्त्रिक व्यवस्था र सित्तैमा प्राप्त नभएको उल्लेख गर्दै उनले संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका साथै समानुपातिक समावेशी व्यवस्था जोगाइने उनको भनाइ थियो। हिंसात्मक गतिविधि र उद्दण्डता एवं अराजकताका भरमा व्यवस्था उल्ट्याउनेबारे नसोच्न उनले आग्रह गरे।

प्रदर्शनको नेतृत्व गरेका व्यक्तिहरूको अभिव्यक्ति र उद्दण्डताका बाबजुद सुरक्षाकर्मीले संयमता अपनाएको मन्त्री लेखकको भनाइ थियो। 'भीडको नेतृत्वकर्ताको उद्दण्डताका आधारमा सुरक्षाकर्मीले संयमता नअपनाएको भए थप क्षति हुने थियो। जस्तो खालको उद्दण्डता र आपराधिक गतिविधि भयो त्यसमा संयमता नअपनाएको भए थप क्षति हुने थियो,' उनले भने।

एयरपोर्टमा आगजनी गरिएको पनि गृहमन्त्रीले बताए। त्यहाँ रहेको पेट्रोलियम भण्डारणमा आगो लागेको भए अझै अवस्था भयावह हुने थियो भन्ने लेखकको भनाइ थियो।

National life insurance

हिंसात्मक गतिविधिलाई विषयान्तर गर्न र ढाकछोप गर्नका लागि बल प्रयोग गरेको भनेर चर्चा भइरहेको गृहमन्त्री लेखकको भनाइ थियो। 'यसरी गरिएका हिंसात्मक गतिविधिलाई विषयान्तर, ढाकछोप गर्ने र हामीले ठिक गरेका थियौं भनेर पुष्टि गर्न विभिन्न खालका भ्रम फैलाइएको छ। कहाँबाट टियर ग्यास फाल्यो भनेको छ, कहाँ के गरेको भनेको छ,' उनले भने।

प्रदर्शनका क्रममा गोली लागेर ललितपुरका सविन महर्जनको मृत्यु भएको थियो। यसैगरी पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो।

कोटेश्वरस्थित शंकर मार्गमा रेविका र दिनेश खत्री घाइते भएका थिए। गोली लागेर घाइतेमध्ये १३ जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपत्यका प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार शुक्रबार भएको प्रदर्शनमा मात्र प्रहरीले ७४६ राउन्ड अश्रुग्यास हानेको थियो भने १९२ ब्ल्याङ्क राउन्ड फायरिङ गरेको थियो।

५८ राउन्ड हवाई फायर, कार्टिज (छर्रा) २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको छ। यो नेपाल प्रहरीको मात्र विवरण हो। सशस्त्र प्रहरीबाट समेत शुक्रबार गोली चलेको थियो। प्रहरीबाट अत्यधिक बल प्रयोग भएको भन्दै कतिपयले आलोचना गरिरहेका छन्।

प्रदर्शनकारी हिंसात्मक रुपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको जनाएको छ। उत्तेजित भिड हिंसात्मक रुपमा प्रस्तुत भएपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीको तर्क छ। त्यस्तै, प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको भनेर गलत आरोप लागेको पनि उनले प्रष्ट पारेका छन्। सामाजिक सञ्जालमा आएको उक्त भिडियो फेक भएको उनको दाबी छ।

 

प्रकाशित: Apr 04, 2025| 12:41 शुक्रबार, चैत २२, २०८१
प्रतिक्रिया दिनुहोस्