बिहीबार, असार ४, २०८३

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको जित

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

काठमाडौं- त्रिवि विश्वविद्यालय क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ। 

National life

नेविसंघका दीपकराज जोशी सभापति निर्वाचित भएका हुन्। उनले ७८९ मत प्राप्त गरेका छन्।

यसअघिको निर्वाचनमा नेविसंघकै श्यामराज ओझा निर्वाचित भएका थिए।

६ हजार १४६ मतदाता रहेको त्रिविमा तीन हजार ११८ मत खसेको थियो। जसमध्ये ७८९ मतसहित नेविसंघका जोशी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याएका छन्।

अखिल (क्रान्तिकारी)का प्रविन दाहालले ७२७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ मत प्राप्त गरे। अर्की स्वतन्त्र उम्मेदवार पदमा भुषालले १६६ मत ल्याइन्।

Shivam cement

स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी बन्दा अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन्।

अनेरास्ववियुले सचिव कोषाध्यक्षसहित सबै सदस्य जित्न सफल भएको छ भने अध्यक्षमा ९ मतले दोस्रो भएको छ। सचिव, कोषाध्यक्ष र सदस्यहरुमा अनेरास्ववियुका उम्मेदवार विजयी बनेका हुन्।

सचिवमा हिक्मत कुमार बुढा र कोषाध्यक्षमा सञ्च माया सुब्बा निर्वाचित बनेका छन्।

प्रकाशित: Mar 31, 2025| 19:47 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्