बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनताका असन्तुष्टी सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार रहन लामिछानेको आह्वान

जनताका असन्तुष्टी सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार रहन लामिछानेको आह्वान

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेले जनताका असन्तुष्टीलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन पार्टीपक्तिलाई आह्वान गरेका छन्। 

National life

रास्वपाको केन्द्रीय समितिको बैठक बस्नुअघि आज पार्टी कार्यालय चमतिमा उपस्थित शुभेच्छुक एवं कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले आफू आजैदेखि सभापतिको नेतृत्वमा फर्किन लागेको बताएका हुन्। 

‘जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न हामी तयार हुनुपर्छ, कसैलाई गाली गरेर, होच्याएर केही हुनेवाला छैन, शान्तिपूर्ण अभियान मर्न दिनु हुदैन’, उनले भने। 

सहकारी ठगी प्रकरणमा आफूविरुद्ध अदालतमा मुद्दा दायर हुनुअघि लामिछानेले पार्टीका गतिविधिबाट अगल भएका थिए। त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए। 

आजको पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गर्ने र त्यसपछिको दोस्रो बैठक लामिछानेको सभापतित्वमा बस्ने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

Shivam cement

प्रकाशित: Mar 31, 2025| 16:20 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्