बुधबार, पुस ९, २०८२

प्रतिनिधिसभाबाट संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

काठमाडौं- प्रतिनिधिसभाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सर्वसम्मतीले पारित गरेको छ।

National life

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आज सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए।

सो विधेयक पारित भएसँगै संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि मार्ग प्रशस्त भएको छ। 

प्रतिनिधिसभाको अर्को बैठक आजै ३० मिनेटपछि बस्ने गरी स्थगित भएको छ। 

प्रकाशित: Mar 31, 2025| 15:58 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्