मंगलबार, साउन १९, २०८३

माधव नेपालले दिए बालेनलाई धन्यवाद

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिएका छन्।

पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र काटेर बालेनले हिम्मत देखाएको बताए। उनले भने, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई धेरै धेरै धन्यवाद छ, तपाईंले हिम्मत देखाउनुभएको छ । ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर पठाउनुभएछ । बरु तपाईंले अर्को चिठ्ठी पठाउनुपर्थ्यो प्रशंसा पत्र समाजवादी मोर्चा नेपाल भनेर, त्यसले एउटा पनि फोहोर गरेन । सबै सफा गर्‍यौं ।’

उनले समाजवादी मोर्चाले गरेको कार्यक्रमले नेपालको राजनीतिमा नयाँ सन्देश दिएको सुनाए। उनले थपे, ‘हामीले निर्देशन पनि दिएका थियौं कुनै चिज फोहोर नरहोस्, सानो कागजको टुक्रा, पानी खाएको बोतल पनि नरहोस् भनेका थियौं, हाम्रो कार्यकर्ताले त्यो काम गरे, हाम्रो कार्यक्रम सभ्य, सुसंस्कृत, संस्कारयुक्त, शान्तिपूर्ण ढंगले सम्पन्न भयो। मान्छेको उपस्थिती देखेर सिंगो देशलाई नै तरंगित गर्‍यो । नेपालको राजनीतिमा पनि सन्देश दियो ।’

प्रकाशित: Mar 31, 2025| 14:47 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्