बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री ओलीले संसद्‍मा भने- पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउँदैनन्

प्रधानमन्त्री ओलीले संसद्‍मा भने- पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउँदैनन्

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उन्मुक्ति नदिइने बताएका छन्। 

National life

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले तीनकुनेमा गत शुक्रबार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता रहेको उल्लेख गरे।

उनले जुनसुकै आवरणमा भए पनि हिंस्रक आन्दोलन गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याइने दाबी गरे। प्रधानमन्त्री ओलीले पूर्वराजा शाहले भिडियो वक्तव्य जारी गरेर भीड उक्साएको आरोप लगाए। उनले भने, 'व्यवस्था मासेर फेरि राजा बन्छु भन्नेले श्रृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ?'

पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै भीड उक्साउने काम गरेको ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिँदा राप्रपा सांसदहरूले सभामा उठेर विरोध जनाएका थिए।

प्रकाशित: Mar 31, 2025| 12:33 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्