मंगलबार, साउन १९, २०८३

संसद् बैठकमा होहल्ला र नाराबाजी, लाइभ गरिएन

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं- प्रतिनिधि सभाको आइतबारको बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिला सुरू भएको छ।

सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै विपक्षी र सत्ता दुवै पक्षका सांसदहरूले बोल्न पाउनुपर्ने मागसहित होहल्ला गरेका छन्।  सत्ता पक्षका सांसदहरूले शुक्रबार राजावादीको आन्दोलनमा सर्वसाधारणले अनाहकमा ज्यान गुमाएको विषयमा सांसदहरूले बोल्न पाउनुपर्ने अडान राखेका थिए।

बैठकको लाइभ प्रशारण भने भएको छैन। प्राविधिक समस्या देखिँदा बैठक लाइभ प्रशारण नभएको बताइएको छ।

सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राखेर सदन अवरुद्ध गरिरहेका छन्।

सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग गतिरोध अन्त्य आज छलफल गरेका थिए।

प्रकाशित: Mar 30, 2025| 13:27 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्