बिहीबार, असार ४, २०८३

दुई घण्टा बित्दा पनि बस्न सकेन संसद् बैठक

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं- विपक्षी दलहरूको अडानका कारण आज पनि प्रतिनिधि सभा बैठक प्रभावित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसोको १ बज्दा पनि बस्न सकेको छैन।

National life

आज बिहान सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकमा सत्ता पक्षले सदन खुलाउन विपक्षी दलहरूसँग अनुरोध गरेका थिए। प्रतिपक्षीले भने आफ्नो अडानबाट पछि नहट्ने बताएका छन्।

नेपाल विदयुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारणबारे संसद्मा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरुको अडान छ।

बैठकमा सभामुखले दुई दिनअघि भएको तीनकुने घटना लोकतान्त्रिकमाथिको प्रहार भएकाले संसद्मा यसबारे छलफल गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए। उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महशुस गराउन अपिल समेत गरेका थिए। अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ थियो।

 

Shivam cement

प्रकाशित: Mar 30, 2025| 13:11 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्