बुधबार, पुस ९, २०८२

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाए

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी उनले  बैठक बोलाएका हुन्।

National life

पछिल्ला राजनीतिक घटनाक्रमसँगै संसद् र सरकार सञ्चालनका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

प्रधानमन्त्री ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ। यसैगरी आज नै उनले संसद् अवरोध खुलाउने विषयमा विपक्षी दल माओवादीका अध्यक्ष प्रचण्डसँग टेलिफोन संवाद गरेका छन्।

नेपाल विद्युत प्राधिकरणको नेतृत्व हेरफेरको विषयलाई लिएर विपक्षी दलले सदन अवरोध गरिरहेका छन्। यसअघि दुई दिनको बैठक विपक्षीको अवरोधका कारण प्रभावित भएको थियो। आज पनि प्रतिनिधिसभा बैठक बोलाइएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक १२ बजेसम्म पनि बस्न सकेको छैन।

आज प्रमुख सचेतकहरूसँगको बैठकमा सभामुख देवराज घिमिरेले दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‌मा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Mar 30, 2025| 12:08 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्