NadaNada
सोमबार, भदौ २, २०८२

कांग्रेसले बोलायो गणतन्त्र पक्षधर दलहरूको बैठक

 |  शनिबार, चैत १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत १६, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसले भोलि आइतबार गणतन्त्र पक्षधर राजनीतिक दलहरूको बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरुको बैठकले यस्तो निर्णय गरेको हो। 

पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्न आइतबार साँझ सभापति देउवा निवास बुढानिलकण्ठमा सरकारमा रहेका र प्रतिपक्षमा रहेका गणतन्त्र पक्षधर सबै दलको बैठक बोलाउने निर्णय भएको छ। 

बैठकमा सभापति देउवाले शुक्रबार तीनकुनेमा भएको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका थिए। बैठकमा कतिपय नेताले पूर्वराजा शाहलाई राज्यले दिएको सुविधा खोस्नुपर्ने र पासपोर्ट रद्द गर्नुपर्ने सुझाब दिएका थिए। गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाबारे बैठकमा ब्रिफिङ गरेका थिए।

प्रकाशित: Mar 29, 2025| 20:23 शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्