बुधबार, पुस ९, २०८२

पक्राउ परेका नेतालाई रिहा गर्न राप्रपाको २४ घण्टे अल्टिमेटम

 |  शनिबार, चैत १६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत १६, २०८१

काठमाडौं- राप्रपाले शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसा, आगजनी र तोडफोडको घटनामा पक्राउ परेका नेताद्वय रविन्द्र मिश्र र डा. धवलशमशेर राणा एवं अधिवक्ता स्वागत नेपाललाई २४ घण्टाभित्र रिहाई गर्न सरकारलाई अल्टिमेटम दिएको छ। 

National life

उनीहरू उक्त घटनामा संलग्न नरहेको भन्दै राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले रिहाइको माग गरेको हो। घटनाको निस्पक्ष एवं न्यायिक छानबिन गर्न राप्रपाले माग गरेको छ। 

शनिबार राप्रपा अध्यक्ष लिङ्देन तथा पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले काठमाडौं प्रहरी परिसर भद्रकालीमा रहेका नेताहरूलाई भेटेका थिए। पार्टी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले भने, ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागी पार्टीका नेताहरूलाई पक्राउ गरेर फसाउने योजना सरकारले बनाएको छ। उनीहरूलाई २४ घण्टाभित्र विनाशर्त रिहाइ गरियोस्। यदि रिहा भएन भने देशैभरि विरोध प्रदर्शन गर्नेछौँ।’ 

प्रहरीलाई भड्काउने कार्यमा पार्टी नेताहरू संलग्न नभएको तर घटना सरकारका कारण भएको उनले जिकिर गरे। अध्यक्ष लिङ्देनले राप्रपा हिंसात्मक क्रियाकलापको विपक्षमा रहेको र हरेक कार्यक्रम हिंसारहित हुनुपर्छ भन्नेमा पार्टी स्पष्ट रहेको पनि बताए। 

तीनकुनेको घटनामा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको राप्रपाले ठहर गरेको छ। ‘बिहीबार प्रधानमन्त्रीले युवा संघका कार्यकर्तालाई आन्दोलनविरुद्ध जाइलाग्न निर्देशन दिनुभयो । भोलिपल्ट शान्तिपूर्ण कार्यक्रम भइरहेका बेला तीनकुनेमा सुनियोजितरुपमा टियर ग्यास प्रहार भयो । सरकारले कार्यक्रम बिथोल्न चाहेको थियो भन्ने यी घटनाबाट स्पष्ट हुन्छ,’ अध्यक्ष लिङ्देनले भने, 'घटना जहाँ भएको छ, जसले प्रहरीलाई भड्काउन खोजेको छ, उसलाई पक्राउ नगर्ने तर शान्तिपूर्णरुपमा आन्दोलनमा रहेकाहरुलाई पक्राउ गर्ने कार्यको हामी विरोध गर्छौँ।’ 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 29, 2025| 19:23 शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्