आइतबार, साउन २४, २०८३

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

 |  सोमबार, फागुन १९, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०८१

सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित रानीखोला सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु सोताङ गाउँपालिका–४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको हो।

उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Mar 03, 2025| 07:25 सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्