सोमबार, असार १, २०८३

निर्माण भएको पाँच वर्षसम्म पनि प्रयोग भएन खानेपानी ट्यांकी

 |  आइतबार, फागुन १८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०८१

दाङ- तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित सक्राममा निर्माण भएको खानेपानी ट्यांकी प्रयोग नहुँदै जीर्ण बनेको छ।

National life

पाँच वर्षअघि निर्माण सकिएको खानेपानी ट्यांकी अहिलेसम्म प्रयोगमा आउन सकेको छैन। कुल ७५ लाख रूपैयाँमा ट्यांकी निर्माण भएको थियो। जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको उक्त ट्यांकी डेढ लाख लिटर क्षमताको हो।

'न त ट्यांकीमा कुनै ठाउँबाट पानी जान सक्छ, न त नजिकै पानीका मुहान छन्', स्थानीय देवराज वलीले भने, 'हामी ट्यांकी निर्माण गर्दादेखि नै अच्चमित भएका थियौँ, अहिले प्रयोगमै नआएपछि झनै अच्चमित भएका छौँ।' मुन्द्रकोट सामुदायिक बन क्षेत्रमा उक्त खानेपानी ट्यांकी निर्माण भएको हो।

नजिकैको खोलाबाट पम्पिङ गरेर पानी तानिएको भएपनि बर्खामा पानी नतान्ने अवस्था भएपछि प्रयोगविहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाँगीले बताए। 'केही समयसम्म ट्यांकी पानी राख्यौँ, तर लामो समयसम्म पानी ल्याउन सकिएन।'

धमधमेबाट त्यहाँ पानी ल्याउन सकिन्छ कि भनेर समेत छलफल अगाडि बढाएको भए पनि स्थानीयले नमान्दा समस्या भएको उनको भनाइ छ। खानेपानी संस्थाको प्रतिवेदनमा पनि यो ट्यांकीलाई काम लगाउन नसकिने उल्लेख छ। रासस

Shivam cement

प्रकाशित: Mar 02, 2025| 17:01 आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्