मंगलबार, पुस ८, २०८२

बानेश्वरको झडपमा डीएसपी घाइते, १२ जना पक्राउ

 |  आइतबार, फागुन १८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०८१

काठमाडौं- नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। आइतबार बानेश्वरमा प्रदर्शन गर्न पुगेका स्वर्गद्वारी गुठीपीडित मोही संघर्ष समिति र प्रहरीबीच झडप भएको हो।

National life

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको थियो। झडपका क्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी गंगा पौडेलको टाउकोमा चोट लागेको छ।
उनको बानेश्वरकै सिभिल अस्पतालमा उपचार भइरहेको छ र चोट लागेको भागमा पाँच टाँका लगाइएको छ।

प्रहरीले झडपको क्रममा १२ जनालाई नियन्त्रणमा लिएको छ। सरकारसँग तीन बुँदे  माग राख्दै गुठीपीडितहरू माइतीघरमा धर्ना दिँदै आइरहेका थिए।

यसअघि दाङमै २०८० फागुन ७ देखि १ महिनामै आन्दोलन गरेका थिए। सरकारसँग दुई बुँदे सम्झौता भएपनि एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ।

मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैथानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Mar 02, 2025| 14:08 आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्