आइतबार, साउन २४, २०८३

जंगलमा भेटियो दुई युवकको शव

 |  आइतबार, फागुन १८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०८१

कैलालीको धनगढी उपमहानगरपालिका–९ को सालघारी सामुदायिक जंगलमा आइतबार दुईजना युवकको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका ३३ वर्षका कैदा राना मृत भेटिएका हुन्।

चौधरीको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ भने रानाको शव भुइँमा फेला परेको छ। प्रहरीका अनुसार चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरीले रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ।

चौधरीको शवको करिब १५ मिटर पर रानाको शव भुइँमा पल्टिएको अवस्थामा फेला परेको छ। मत्युको कारण खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Mar 02, 2025| 14:05 आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्