शुक्रबार, साउन १६, २०८२

इमान्दार प्रशासक अर्थात् परीक्षित नरसिंह राणा

 |  आइतबार, फागुन १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०८१

vianetvianet

काठमाडौं– पूर्वप्रशासक परीक्षित नरसिंह राणाको जीवनकथा प्रकाश पार्ने पुस्तक प्रकाशित भएको छ ।

‘इमान्दारीको मार्गमा अविश्रान्त यात्रीः परीक्षित नरसिंह राणा’ शीर्षकको पुस्तक शुक्रबार आयोजित कार्यक्रममा उनकी धर्मपत्नी कोकिला राणाले सार्वजनिक गरेकी हुन् ।

नेपालको पहिलो पुस्ताका प्रशासक राणा इमान्दार र हक्की स्वभावका व्यक्तित्वलाई चिनिन्थे । उनले धेरै सार्वजनिक संसथाहरुमा योगदान दिएका थिए ।

उनी कर्मचारी संचय कोषका स्थापनाकालीन प्रशासक थिए । १९९१ सालमा गठित ‘सैनिक द्रव्य कोष’ र निजामती कर्मचारीको कोष कट्टा गर्न २००१ सालमा गठित ‘निजामती प्रोभिडेन्ट फन्ड’ लाई एकीकृत गरी २०१७ सालमा अर्थ मन्त्रालयअन्तर्गत रहेको कर्मचारी सञ्चय कोषको पाँच वर्षसम्म उनले नेतृत्व गरे । कोषमा उनको योगदान चुस्त प्रशासन बनाउन र कर्मचारीहरुलाई तालीम तथा प्रोत्साहन दिएर संस्थालाई अब्बल बनाउन लागिपरेको मेहनत थियो ।

विमाचोन कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले राणाको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । “नेपालको प्रशासनिक क्षेत्रमा उनी जस्ता प्रशासक हुने हो भने देशमा विकासको कायापलट गर्न सकिने छ,” कार्कीले भने ।

पुस्तकमाथि टिप्पणी गर्दै पुस्तकका सम्पादक प्राडा करण शाहले परीक्षित नरसिंहले जीवनमा अवलम्बन गरेका इमानदारीका पाइलाहरू सबैका लागि प्रेरणा हुने बताए ।

पुस्तकका सहलेखक विमल भौकाजीले स्वर्गीय राणाको जीवनीमा आधारित पुस्तक तयार पार्न राणासँग सहकार्य गरेका र सम्बन्ध राखेका ४० जनाभन्दा बढीसँग विस्तारपूर्वक अन्तरवार्ता गरिएको बताए ।

राणाले सञ्चयकोषलाई वाण्ज्यि बैंकको खाकामा रुपान्तरण गर्ने योजना सफल हुन नसकेको कार्यक्रममा जनाइएको थियो । पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार तथा समीक्षक भीम घिमिरेले पुस्तकले राणा शासनको इतिहासका केही पक्षलाई सरल रुपमा प्रस्तुत गरेको बताए ।

राजनीतिक चेतका राणाको सम्बद्धता तत्कालीन नेपाल प्रजा परिषद्सँग थियो । जसलका कारण उनले कारावास सजाय पनि भोग्नु परेको थियो । उनको गङ्गालाल श्रेष्ठसँग राम्रो दोस्ती थियो ।

विसं १९७३ मा जन्मिएका राणा अर्थ मन्त्रालयमा अधिकृत तहको सरकारी सेवामा प्रवेश गरेर २०३२ सालमा लोकसेवा आयोगको सचिवबाट निवृत्त भएका थिए । उनको निधन २०४७ सालमा भएको थियो ।

प्रकाशित: Mar 02, 2025| 12:57 आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

पदयात्रा पर्यटनका क्षेत्रमा विश्वका उत्कृष्ट पदमार्गमध्येमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गले चासो र चर्चा कमाएको छ । मनसुनका समयमा पनि पर्यटक आगमन भइरहँदा यहाँका पर्यटन...