सोमबार, असार १, २०८३

हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन

 |  आइतबार, फागुन १८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०८१

हुम्ला- हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। गत माघ दोस्रो सातादेखि ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका हुन्।

National life

सिमकोट, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन्।

सरकारले नियुक्त गरेका नयाँ प्रमुख प्रशासकीय अधिकृत हालसम्म गाउँपालिकामा आएका छैनन्। स्थानीय तहमा नयाँ कार्यकारी नआउँदा कामकाज ठप्प भएको छ। यी गाउँपालिकाले हिउँदे गाउँसभा पनि गर्न सकेका छैनन्।

अदानचुली गाउँपालिकाले गत माघ २७ गते हिउँदे गाउँसभा गर्ने निर्णय गरे पनि नयाँ प्रशासकीय अधिकृत नआउँदा समस्या भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए।

अधिकांश योजना सम्झौता भई काम सम्पन्न भएको भए पनि कार्यकारी नभएकै कारण भुक्तानी नभएकाले समस्या झेल्नुपरेको बताइएको छ। गत पुस पहिलो हप्तामै कर्णाली प्रदेश सरकार अर्थ मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालयलगायत सङ्घीय मन्त्रालयबाट विनियोजित योजना गाउँपालिकाको कार्यालयमा सम्झौता भएका अधिकांश योजनाको काम सम्झौता भए पनि कार्यकारी नभएकै कारण भुक्तानी रोकिएको छ।

Shivam cement

गाउँपालिकाद्वारा विनियोजित र सङ्घ तथा प्रदेश सरकारद्वारा विनियोजित योजना ठेक्का प्रक्रियाद्वारा सञ्चालन गर्ने योजना भए पनि ती सबै योजना अलपत्र परेका छन्। नागरिकका दैनिक सिफारिसका कामसमेत प्रभावित भएका छन्।

प्रकाशित: Mar 02, 2025| 07:44 आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्