आइतबार, साउन २४, २०८३

कस्तो रहला आजको मौसम ?

 |  आइतबार, फागुन १८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०८१

काठमाडौं- हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। 

आगामी २४ घण्टासम्म नेपालमा वर्षा-हिमापत गराउने प्रणाली छैन। साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको छ।  

प्रकाशित: Mar 02, 2025| 07:29 आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्