शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • चौंरी-याक प्रवर्द्धन तथा संरक्षण गर्न प्रदर्शनी गर्दै सिरिजंघा गाउँपालिका

चौंरी-याक प्रवर्द्धन तथा संरक्षण गर्न प्रदर्शनी गर्दै सिरिजंघा गाउँपालिका

 |  शनिबार, फागुन १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०८१

vianetvianet

ताप्लेजुङ- सिरिजंघा गाउँपालिकाले कञ्चनजंघा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ। विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा चौँरी याक प्रवर्द्धन तथा संरक्षण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको हो। 

यसका लागि गाउँपालिकाले आठ लाख रूपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ। सिरिजंघा महोत्सव-२०८२ का अवसरमा आगामी बैशाख १३ देखि १५ गतेसम्म चौँरी याक प्रवर्द्धन तथा प्रदर्शनी आयोजना गरिने गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिए। त्यस अवसरमा उत्कृष्ट चौँरीपालकलाई पुरस्कृत गरिने छ।

गाउँपालिकाका अनुसार उत्कृष्ट हुने किसानलाई २८ हजार पाँचसय ८६ रूपैयाँ प्रदान गरिनेछ भने सान्त्वना पुरस्कारस्वरूप आठ हजार पाँचसय ८६ रूपैयाँ उपलब्ध गराइने छ।

हाल चौँरीपालनप्रति आकर्षण घट्दै गएकाले यसको संरक्षण र महत्त्व उजागर गर्न प्रदर्शनी आयोजना गर्न लागिएको उपाध्यक्ष माबोले बताए। चौँरीपालन हिमाली क्षेत्रमा जीवनयापनको मुख्य आधार भएकाले यसलाई प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ।

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा समुदायको प्रमुख आम्दानीको स्रोत चौँरी गोठ हो। चौँरीबाट दुधजन्य पदार्थ घ्यू, छुर्पी उत्पादन गरेर बिक्री गरेर गुजारा गर्दै आएका छन्। त्यस्तै याक चीनका विभिन्न बजारमा माग आउने गर्छ।

Metro Mart

किसानले चीनमा याक निर्यात गर्न पनि याकपालन गर्ने गर्छन्। एउटा याक एक लाख रूपैयाँभन्दा बढी मूल्यमा चीनमा निर्यात हुने गरेको किसानको भनाइ  छ। गाउँपालिकाले आयोजना गरेको चौँरी याक प्रवर्द्धन तथा प्रदर्शन कार्यक्रमले किसानलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। रासस

प्रकाशित: Mar 01, 2025| 14:38 शनिबार, फागुन १७, २०८१
प्रतिक्रिया दिनुहोस्