शुक्रबार, साउन २३, २०८२

खाँदबारीमा महिलाको शव भेटियो, घटनाबारे अनुसन्धान हुँदै

 |  शनिबार, फागुन १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०८१

vianetvianet
Metro Mart

सङ्खुवासभा- सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ। खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो। 

आज बिहान ५ बजे ३० वर्षीया पोख्रेलले शव घरभन्दा पाँच सय मिटर पर फेला परेको  जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए। उनी शुक्रबार बेलुकी ८ बजेदेखि हराएकी थिइन्। 

प्रहरीका अनुसार पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ। 

प्रकाशित: Mar 01, 2025| 13:44 शनिबार, फागुन १७, २०८१
प्रतिक्रिया दिनुहोस्