सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • एक करोड खर्चिएर फेरियो तुलसीपुर बजार क्षेत्रका विद्युतका तार

एक करोड खर्चिएर फेरियो तुलसीपुर बजार क्षेत्रका विद्युतका तार

 |  शनिबार, फागुन १७, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०८१

तुलसीपुर- दाङको तुलसीपुर बजारमा विद्युतका खाली तार थिए। ‘हाइटेन्सन्’ लाईन नै खाली हुँदा ‘करेन्ट’ लाग्ने जोखिम थियो। त्यो जोखिम अब हट्ने भएको छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ‘हाइटेन्सन’ लाईनका खाली तार हटाएर नयाँ तार राखेको छ, भने तारमा ‘कभर’ पनि राखेको छ।

National life

साथै यसअघि ३० स्क्वायर मिटर तार रहेकोमा ती तार हटाएर एकसय स्क्वायर मिटर तार राखिएको छ। यसअघि तार चुडिने, क्षमता नधान्नेजस्ता समस्या पनि अन्त्य हुने वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीले बताए। उनका अनुसार तुलसीपुर बजार क्षेत्रलाई सुरक्षित बनाउन यस्तो कार्य गरिएको हो। 

बजार क्षेत्रभित्रको ४५ किलोमिटर तारलाई त्यसरी कभर राख्नुका साथै एकसय स्क्वायर फिट बनाइएको हो। एक करोड रूपैयाँ लागतमा ती तार फेरिएको उनको भनाइ छ। तुलसीपुरमा विद्युतका ५२ हजार दुईसय ९० ग्राहक रहेका छन्।

रगैँचामा भवन बन्दै दाङको शान्तिनगर गाउँपालिका-५ रगैँचामा विद्युतको भवन निर्माण प्रक्रिया अघि बढेको छ। जहाँ ‘नो लाइट’ सेवाको कार्यालय छ। त्यसकालागि स्थानीय गिरीराज बस्नेतले जग्गा दिएपछि भवन नै बन्न लागेको हो। यसअघि त्यहाँ भाडाबाट उक्त कार्यालय सञ्चालनमा थियो। 

शान्तिनगर, दङ्गीशरण गाउँपालिकालगायतलाई सेवा दिन त्यहाँ एक जना कर्मचारीसहित उक्त सेवा सुरु गरिएको हो।

Laxmi sunrise bank
kumari

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीका अनुसार केही दिनअघि मात्रै टेण्डर आह्वान भएको उनले बताए। भवन निर्माण भएपछि सेवा प्रवाहमा थप सहजता आउने उनको भनाइ छ। रासस

प्रकाशित: Mar 01, 2025| 16:01 शनिबार, फागुन १७, २०८१
प्रतिक्रिया दिनुहोस्