आइतबार, जेठ ३१, २०८३

विद्युत् महसुल भुक्तानी नगर्ने ८ सय ८८ ग्राहकको लाइन काटियो

 |  शुक्रबार, फागुन १६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०८१

तुलसीपुर- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ। 

National life

तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने ८ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए। उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए। भुक्तानी नतिरेको ६० दिन पुगेपछि लाइन काट्ने व्यवस्था छ। यहाँ भने ९० दिनपछि लाइन काटिएको हो।  

लाइन काटिएका आठ सय ८८ ग्राहकबाट रु ४२ लाख ४२ हजार १९९ उठाउन बाँकी छ। यीबाहेक एक हजार ७३३ ग्राहकबाट तीन करोड १३ लाख ९२ हजार ३३६ बक्यौता उठ्न बाँकी रहेको वितरण केन्द्र प्रमुख गोशलीले जानकारी दिए। यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका क्षेत्रको बक्यौता छ।  

माघ मसान्तसम्म आठ सय ६० जनाको नयाँ लाइन जडान गरिएको वितरण केन्द्रले जनाएको छ। जसबाट सात करोड ५९ लाख ५३१ राजश्व संकलन भएको छ। अग्रिम विद्युत् महसुल पनि उठ्ने गरेको छ।

चालु आर्थिक वर्षको हालसम्म १३ लाख ९ हजार ४ सय ९८ रुपैइाँ अग्रिम भुक्तानी हुने गरेको छ। हाल अनलाइनबाट विद्युत् महसुल बुझाउने व्यवस्था छ तर हालसम्म २४ प्रतिशतले मात्रै यो सुविधा प्रयोग गरिरहेका छन्।  रासस

Shivam cement

प्रकाशित: Feb 28, 2025| 17:31 शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्