आइतबार, जेठ ३१, २०८३

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

 |  शुक्रबार, फागुन १६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०८१
National life
Shivam cement

काठमाडौं- प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ। यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन्।

कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ। त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन्। मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ। 

मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन्। कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ, विराटनगर, काठमाडौँ–जनकपुर, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ। साथै अधिकांश उडान डिले भएका छन्।     प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सामान्य रुपले भइरहेको छ। 

प्रकाशित: Feb 28, 2025| 14:00 शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्