शुक्रबार, साउन २३, २०८२

क्यान्सर पीडित पत्रकार संगीताको अपिल- सहयोग पाए बाँच्थें

 |  शुक्रबार, फागुन १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०८१

vianetvianet

चितवन- पत्रकार संगीता बानियाँको उपचारका लागि सहयोग गर्न परिवारले आह्वान गरेको छ । पश्चिम चितवनको रेडियो शिवशक्तिमा कार्यरत बानियाँ लामो समयदेखि क्यान्सर रोगबाट प्रभावित छिन्।

उनको उपचारका लागि आर्थिक अभाव हुँदै गएपछि उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेको हो । नेपाल पत्रकार महास‌ंघ चितवन शाखा सदस्य बानियाँलाई सुरुआतमा स्तन क्यान्सर देखिएको थियो । उक्त क्यान्सर पूर्ण रुपमा निको भए पनि पुनः मस्तिष्कमा क्यान्सर देखिएको बानियाँले बताइन्।

अहिले चितवन मेडिकल कलेजको क्यान्सर वार्डमा उपचाररत बानियाँले आफ्नो उपचारका क्रममा चल–अचल सम्पत्ति बेचबिखन गरिएको र ऋण काढेर उपचार गर्दागर्दै पनि थप उपचारका निम्ति रकमको अभावका कारण आफ्नो जीवन बचाएर नाबालिका छोरीलाई टुहुरी हुनबाट जोगाइदिन सबैमा आग्रह गरेकी छन्।

हाल वैदेशिक रोजगारका क्रममा रहेका श्रीमान् र एक नाबालिका छोरीसँगै सामान्य जीवनयापन गरिरहेको उनको परिवारसँग थप उपचारका लागि रकम अभाव भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १४ घर भएकी बानियाँको परिवार र माइतको आर्थिक अवस्था कमजोर रहेको छ ।

बानियाँको उपचारका लागि यसअघि रु ४० लाख खर्च भइसकेको छ भने मस्तिष्क क्यान्सर उपचारमा थप रु ४० लाख लाग्ने चिकित्सकले जनाएको उनले बताइन्। थप उपचारका लागि भारत जानुपर्ने भएकाले आर्थिक अभावका कारण जान नसकेको बानियाँले बताइन्। उनले भनिन्, “उपचारका लागि आर्थिक अभाव भयो । उपचार गर्न पाए बाँच्न सक्थे भन्ने आत्मविश्वासका साथ उपचार गराइरहेकी छु ।”

Metro Mart

प्रकाशित: Feb 28, 2025| 13:31 शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्