सोमबार, पुस ७, २०८२

पहिलो महिला न्यायाधीश श्रेष्ठ रहिनन्

 |  शुक्रबार, फागुन १६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०८१

काठमाडौं- नेपालकै पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।

National life

८३ वर्षको उमेरमा शुक्रबार बिहान महाराजगन्जस्थित प्रहरी अस्पतालमा श्रेष्ठको निधन भएको हो।

उनी लामो समयदेखि बिरामी थिइन्। श्रेष्ठको आजै अपराह्न ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

उनी २०२३ सालमा भूमि सुधार विशेष अदालतमा पहिलो महिला न्यायाधीश बनेकी थिइन्। सर्वोच्च अदालतमा भने उनी दोस्रो महिला न्यायाधीश हुन्। उनीभन्दा अघि सुशीला सिंह शिलु सर्वोच्चको न्यायाधीश बनेकी थिइन्।

प्रकाशित: Feb 28, 2025| 13:22 शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्