आइतबार, जेठ ३१, २०८३

सिन्धुपाल्चोक भूकम्पले कहाँ कति क्षति ?

 |  शुक्रबार, फागुन १६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०८१

काठमाडौं- शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पले सिन्धुपाल्चोकका विभिन्न ठाउँमा क्षति भएको विवरण प्राप्त भएको छ। अन्य जिल्लामा भने कुनै भौतिक क्षति भएको छैन।

National life

सिन्धुपाल्चोक प्रहरीका अनुसार जिल्लाका विभिन्न क्षेत्रका भौतिक संरचनामा क्षति पुगेको छ।

भूकम्पपछि भाग्दा एक बन्दी घाइते भएका छन् भने कोदारीको ब्यारेक भवनमा क्षति भएको छ। ६.१ म्याग्निच्युडको यो भूकम्प सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ भैरवकुण्डलाई केन्द्रबिन्दु बनाएर गएको हो।

भूकम्पका क्रममा आत्तिएर भाग्दा चौतारास्थित सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका–५ निवासी ३३ वर्षीय स्याङ्बो तामाङ लडेर घाइते भएका छन्।

भोटेकोशी गाउँपालिका वडा नं. २ इलाका प्रहरी कार्यालय कोदारीको १ तल्ले जस्ताको छानो भएको ब्यारेकको पछाडि उत्तरतर्फ झ्यालमाथिको पर्खालमा करिब ८ फिट लामो भित्ताको भाग चर्किएको छ।

Shivam cement

भोटेकोशी गाउँपालिका वडा ३ तुसारेस्थित भीरमा सुख्खा पहिरो गएको छ। उक्त स्थानमा मानव बस्ती नभएकाले कुनै किसिमको क्षति भएको छैन।

मेलम्ची नगरपालिका-११ कटुन्जे बस्ने ४३ वर्षीय रुपेश तामाङ भूकम्प आएपछि घरबाट निस्कने क्रममा चिप्लेर लडेका छन्। उनको टाउकोमा चोट लागी घाइते भई उपचारको लागि आफन्तले मेलम्ची नगर अस्पतालमा भर्ना गराएका छन्।

लिसंखुपाखर गाउँपालिका-४ तमखुबारी बस्ने सुमन गौतमको ढुंगामाटोले बनेको, जस्ताले छाएको २ तले कच्ची घर भूकम्पका कारण करिब १०-१२ फिट भित्ता भाग चर्किएको छ।

धादिङको गजुरी गाउँपालिका-१ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान आकाश रेग्मी भाग्ने क्रममा ब्यारेक कोठाको भित्तामा ठोकिँदा नाकको हड्डी चर्किएको छ। भाग्ने क्रममा अगाडिका एउटा दाँत भाँच्चिएको छ।

प्रकाशित: Feb 28, 2025| 12:25 शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्