आइतबार, जेठ ३१, २०८३

बालबालिका अपहरण र बेचबिखन गर्नेलाई मृत्युदण्ड

 |  शुक्रबार, फागुन १६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०८१

चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ।

National life

दक्षिण पश्चिम चीनको गुइझोउ प्रान्तको गुइयाङ इन्टरमीडिएट पिपुल्स कोर्टले यु हुयिङलाई सुनाइएको मृत्युदण्डको सजायलाई सर्वोच्च जनअदालतबाट अनुमोदन गरेपछि मृत्युदण्ड दिइएको हो।

सन् १९९३ देखि २००३ को बीचमा युले गुइझोउ, चोङकिङ र युन्नानका बालबालिकालाई अपहरण गरी पैसाका लागि बेचेको अदालतबाट ठहर भएको थियो।

सन् २०२४ अक्टोबर २५ मा भएको पहिलो आपराधिक फैसलामा युलाई बाल तस्करीको अपराधमा मृत्युदण्डको सजाय सुनाइएको थियो। युले गुइझोउ प्रान्तीय उच्च जनअदालतमा अपिल गरेपनि उनको अपिल अस्वीकृत गर्दै दोस्रो पटकको सुनुवाइपछि मृत्युदण्डको सजायलाई सदर गरिएको थियो।

अदालतले ती महिलालाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गर्दै उनको सबै व्यक्तिगत सम्पत्ति जफत गर्न आदेश दिएको थियो।

Shivam cement

प्रकाशित: Feb 28, 2025| 12:19 शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्