बुधबार, असोज १, २०८२

आजको राशिफल [२०८१ फागुन १५ गते]

 |  बिहीबार, फागुन १५, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०८१

vianetvianet

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

Kumaribank

पारिवारिक विवाद बढ्ने, स्वास्थ्य कमजोर रहने, पुरा हुन लागेको काममा रोकावट आउन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। विद्यार्थीहरुले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धेरै समयदेखि रोकिएका कामहरु आज पुरा हुन सक्छन्। पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ। पतिपत्नीका बीच समझदारी बढ्नेछ। पढाईलेखाइ राम्रो रहन्छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

Metro Mart

मनमा उत्साह र उमङ्ग रहनेछ। शत्रुहरू पराजित हुन सक्छन्। प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ। राज्यपक्ष र सरकारी कामहरु बन्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्ने समय छ । विद्यार्थीहरुको पढाईमा ध्यान लाग्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

परिवारका साथ समय बिताउन सकिनेछ। स्वास्थ्य आज सामान्य रहनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ मिल्न सक्छ। विद्याको क्षेत्रमा प्रगति हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज स्वास्थ्य केहि प्रतिकूल रहन सक्ने भएकाले सचेत हुनुपर्छ । व्यापार व्यवसाय तथा कामको क्षेत्रमा बाधाको सामना गर्नुपर्ने समय छ भने साथीभाईको सहयोग नमिल्न सक्छ। पढाईमा रुचि कम हुने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दाजुभाई तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ। आयआर्जन बढ्नुका साथै धनको संग्रह हुन सक्ने समय छ। पारिवारिक जीवनमा विश्वासको वातावरण बन्नेछ। रमाइलो यात्रा हुन सक्छ। विद्यार्थीले पढाईमा रुचि लिन सक्छन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

उचित सोचविचार नगरी बोल्दा र हतारमा निर्णय लिँदा काममा समस्या हुने तथा आफन्तसँग वैरभाव हुन सक्छ। संचित धनको नाश हुन सक्छ। विद्यार्थीले पढाईमा उचित ध्यान लगाउँदा राम्रो परिणाम प्राप्त हुन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आम्दानी भन्दा खर्च बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ भने जागिरमा प्रतिष्पर्धीबाट बाधा हुने तथा कामको उचित जस नमिल्ने समय छ। स्वास्थ्य कमजोर रहन सक्ने भएकाले ध्यान दिनुपर्छ। अध्ययनमा अलिक ध्यान दिनुपर्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रोकिएका आर्थिक लेनदेन मिल्ने र हात लाग्नुपर्ने धन मिल्न सक्छ। आफुभन्दा अग्रजको साथ सहयोग मिल्न सक्छ। पारिवारिक तथा प्रेम जीवन सुखमय रहन सक्छ। विद्यार्थीले पढाईमा उचित ध्यान दिएर राम्रो नतिजा प्राप्त गर्न सक्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ कामको थालनी गर्नको लागि समय राम्रो छ। कार्यक्षेत्रमा रहेका विघ्नबाधा हटेर सहज वातावरण बन्न सक्छ। आयआर्जन बढ्नुका साथै साथीभाईको सहयोग मिल्न सक्छ। पढाईमा प्रगति हुने योग छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय  राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

प्रकाशित: Feb 27, 2025| 05:30 बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्