आइतबार, जेठ ३१, २०८३

संसद् बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 |  सोमबार, फागुन ५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०८१

काठमाडौं- सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेपछि सुरु हुन संसद् सचिवालयले जनाएको छ।

National life

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आव २०७९/८०) र साताैं वार्षिक प्रतिवेदन (आव २०८०/८१) पेस गर्ने सम्भावित कार्यतालिका छ।

यस्तै सभामुख देवराज घिमिरेले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

यसैगरी गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची रहेका छन्।

Shivam cement

प्रकाशित: Feb 17, 2025| 08:50 सोमबार, फागुन ५, २०८१
प्रतिक्रिया दिनुहोस्