आइतबार, जेठ ३१, २०८३

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

 |  आइतबार, फागुन ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१

काठमाडौं- प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठक संघीय संसद सचिवालयले जनाएको छ।

National life

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्।

यससँगै आजको बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोर पढेर सुनाउनेछन्।

त्यसपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम र त्यसपछि गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

Shivam cement

प्रकाशित: Feb 16, 2025| 07:44 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्