सोमबार, पुस ७, २०८२

'पाथीभरामा सरकारले बल प्रयोग गरे दुर्भाग्य हुन्छ'

 |  शनिबार, फागुन ३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०८१

National life
Laxmi sunrise bank
kumari

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) मा सरकारले बल प्रयोग गरे दुर्भाग्य हुने बताएका छन्। ‎

शनिबार नेकपा माओवादी केन्द्र दमकको दोस्रो नगर अदिवेशन तथा खबरदारी सभामा बोल्दै उनले जबरजस्ती केबलकार बनाए प्रतिकार हुने बताएका हुन्।

उनले भने,‘मैले संसदबाट पनि बोलेको छु। किरातीहरूको आस्थाको केन्द्र मुक्कुमलुङको समस्याको समाधान सरकारले बल प्रयोग गरेर, प्रहरी लगाएर र गोली हानेर गर्न खोजे दुर्भाग्य हुनेछ। यो समस्याको समाधान वार्ता र समाझदारीको मध्यमबाट समाधान खोजिनुपर्छ। सरकारलाई खबरदारी गर्न चाहान्छु।  यो ऐतिहासिक र धार्मिकस्थल समझदारीको साथ अघि बढाउनको सट्टा जवर्जस्ती बल प्रयोग गरियो भने त्यसको प्रतिरोध हुन्छ। त्यो प्रतिरोधमा हाम्रो साथ रहनेछ।’

‎अध्यक्ष प्रचण्डले झापाको कमल गाउँपालिकामा निर्माणाधीन आदिवासी रंगशालालाई नाम परिवर्तन गरेर मदन भण्डारी रंगशाला बनाउन खोजेको भन्दै आपत्ति जनाए। ‘रंगशालामा आदिवासीको संस्कृति र पहिचान झल्काउनुको सट्टा त्यसलाई नाम परिवर्तन गरेर फेरि मदन भण्डारी बनाउन खोज्नु गलत छ। मदन भण्डारी त लोकमार्ग नै छ,’ उनले भने, ‘नाम परिवर्तन गर्न खोजे त्यसविरुद्ध लाग्नुपर्छ। त्यसमा पनि हाम्रो साथ रहनेछ।
 

प्रकाशित: Feb 15, 2025| 17:19 शनिबार, फागुन ३, २०८१
प्रतिक्रिया दिनुहोस्