आइतबार, वैशाख ७, २०८२

जनयुद्ध दिवस मनाउन थुलुङ दुधकोशीमा ​सार्वजनिक बिदा

 |  मंगलबार, माघ २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

vianetvianet
triton college
National life insurance

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले मंगलबार विज्ञप्ति जारी गरेर फागुन १ गते बिहीबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो ।

'प्रस्तुत विषयमा यस गाउँपालिकाको मिति २०८१।१०।२३ गते बसेको गाउँ कार्यपालिकाको निर्णयअनुसार मिति २०८१ फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा यस थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालय तथा मातहतका सबै सरकारी कार्यालय, संघ-संस्था तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदीप राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित: Feb 11, 2025| 18:40 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्