आइतबार, वैशाख ७, २०८२

कांग्रेस सांसद खतिवडाले बोल्दा विपक्षीको अवरोध, बैठक स्थगित

 |  मंगलबार, माघ २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएको विषयलाई लिएर विपक्षी दलले आपत्ति जनाएका छन्। 

triton college

शून्य समयको कार्यक्रम सकिएपछि आकस्मिक समयमा जस्तै खतिवडालाई बोल्न दिइएको भन्दै प्रतिपक्षीले सदन अवरुद्ध गरेका हुन्। विपक्षी दलको विरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समय सकिएर सभामुखको चेयरबाट उपसभामुख इन्दिरा रानाले विशेष समयमा बोल्नका लागि रामकृष्ण यादवलाई समय दिइसकेको अवस्थामा खतिवडाले समय मागेर बोलेका थिए।

खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेको समयमा प्रहरीलाई दुरुपयोग गरेको आरोप लगाए। ‘१ नम्बरकोलाई पन्छाएर १५ नम्बरको डीआइजी बनाइएको थियो। आईजीलाई समितिमा बोलाएर निर्दोष छ भनेर भन्न कानेखुसी गरिएको थियो। प्रहरीमा हाइजम्प लागू गरियो,’ खतिवडाले भने।

खतिवडाले बोलेलगत्तै रास्वपाका गणेश पराजुलीले नियमापत्ति गर्दै सरकार पक्षको रवैया अति नै भएको बताए। ‘सरकार पक्षबाट बोल्नेले कुन विषयमा बोल्दै हुनुहुन्छ ? शून्य समय सकिएपछि फेरि आकस्मिक समयमा ?’ उनले प्रश्न गरे।

National life insurance

त्यसपछि माओवादीका हितराज पाण्डेले संसद् मनोमानी ढंगले चलिरहेको भन्दै आपत्ति जनाए। ‘शून्य, आकस्मिक समय सिद्धिएको बेला, कुन नियमावली अनुसार आयो ?’ उनले प्रश्न गरे।

उपसभामुख रानाले आकस्मिक समयमा नाम छुटेकोले खतिवडालाई समय दिएको बताइन्। त्यसपछि विपक्षी दलका सांसद् झन आक्रामक बनेका थिए।  

संसद् बैठकमा होहल्ला भएपछि सभामुख देवराज घिमिरे सभामुखको चेयरमा फर्केका थिए। ‘रामहरि खतिवडाले कुरा राख्न चाहनु भयो, कुन नियम अन्तर्गत राख्नु भयो। सभामुखको चेयरबाट यो जानकारी भइसकेको छ। सचिवालयलाई के भएको हो भन्न आदेश गरिएको छ’, उनले भने।

विपक्षी सांसदले होहल्ला गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। 

प्रकाशित: Feb 11, 2025| 18:03 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्