काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारले संसदमा दर्ता गरेका ६ मध्ये भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो।
सरकारले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरे पनि अहिलेसम्म निर्णयार्थ पेस गरेको छैन।
प्रतिनिधि सभामा कांग्रेस-एमालेको मात्रै पनि बहुमत पुग्ने तर राष्ट्रिय सभामा कांग्रेस-एमाले-लोसपासमेत हुँदा पनि बहुमत नपुग्ने भएपछि जसपा नेपाल निर्णायक थियो। राष्ट्रिय सभामा जसपा नेपालका ३ सांसद छन्।