आइतबार, जेठ ३१, २०८३

प्रतिनिधि सभा बैठक आज पनि, यस्तो छ कार्यसूची

 |  मंगलबार, माघ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

काठमाडौं- सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

National life

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत सम्भावित कार्यसूची छ। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

यसमाथिको छलफलपछि प्रधानमन्त्रीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

आजको बैठकमा शून्य र विशेष समयमा पनि सांसद्हरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउने भएका छन्। 

Shivam cement

प्रकाशित: Feb 11, 2025| 09:06 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्