आइतबार, जेठ ३१, २०८३

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित

 |  सोमबार, माघ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २८, २०८१
National life
Shivam cement

काठमाडौं- मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित गरेको हो।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रश्ताव पेश गरेका थिए। बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरे।

राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आइतबार बस्ने गरी स्थगित भएको छ।

प्रकाशित: Feb 10, 2025| 16:12 सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्