आइतबार, मंसिर २८, २०८२

बाढीले ध्वस्त च्यासल खेलमैदान मर्मत गर्न दुई करोड लाग्ने

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

ललितपुर- ललितपुर महानगरपालिका-९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ। खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल दुई करोड रूपैयाँ आवश्यक हुने बताएका छन्।

National life

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन दुई करोड रूपैयाँ बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए। उनले भने, 'बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ।'

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका-९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन्। मैदान मर्मतमा अखिल नेपाल फुटबल संघलगायत सरकोकार भएकाहरु मौन रहेकामा उनी दुःखी छन्। खेलकुद परिषद्सँग १० लाख रूपैयाँ माग गरेका तर हालसम्म निर्णय नभएको उनको भनाइ छ।

ललितपुर महानगरपालिका-९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिन्छन्। दशरथ रंगशालाको विकल्पका रुपमा परिषद्ले  २८ करोड रूपैयाँ खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो।

प्रकाशित: Feb 05, 2025| 18:31 बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्