आइतबार, पुस ६, २०८२

यूएसएआईडी बन्द गर्ने ट्रम्प प्रशासनको घोषणा

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने घोषणा गरेको छ। अमेरिकाको ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलन मस्कले आफू र राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘यूएसएआईडी’ बन्द गर्न लागेको घोषणा गरेका छन्।

National life

मस्कले सोमबार सामाजिक सञ्जाल ‘एक्स’ द्वारा आयोजित एक प्रत्यक्ष सत्रमा यूएसएआईडी बन्द गर्ने विषयमा राष्ट्रपतिसँग विस्तृत कुराकानी भएको बताएका छन्। ‘हामीले यसलाई बन्द गर्नुपर्छ भन्ने विषयमा राष्ट्रपति सहमत छन्,’ उनलले भनेका छन्।

यूएसएआईडी सुधार्नै नसक्ने अवस्थामा पुगेको मस्कको दाबी छ। ‘यो एउटा किरा लागेको स्याउ मात्र होइन, किरैकिरा लागेको डल्लो हो भन्ने प्रस्ट भइसक्यो। हामीले सम्पूर्ण चिजबाट छुटकारा पाउनुपर्छ। यो सुधार्नै नसक्ने अवस्थामा छ। हामी यसलाई बन्द गर्दैछौं। यूएसएआईडी बन्द गर्ने प्रक्रियामा छौं,’ उनले भनेका छन्।

मस्कको घोषणासँगै यूएसएआईडीका कर्मचारीहरूलाई सूचना जारी गर्दै वासिङ्टनस्थित मुख्यालय प्रवेश नगर्न निर्देशन दिइएको छ। त्यससँगै ६ सय कर्मचारीलाई यूएसएआईडीका कम्प्युटर प्रणालीको पहुँचमा रोक लगाइएको समाचार संस्था एपीले जनाएको छ। कम्प्युटर प्रणालीमा पहुँच कायमै रहेका कर्मचारीलाई भने फेब्रुअरी ३ मा ‘मुख्यालय भवन यूएसएआईडीका कर्मचारीका लागि बन्द हुने’ इमेल पठाइएको छ।

राष्ट्रपति ट्रम्पले जनवरी २० मा कार्यभार सम्हालेसँगै अमेरिकाले दिँदै आएको वैदेशिक अनुदान रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

Laxmi sunrise bank
kumari

सन् १९६१ नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले स्थापना गरेको यूएसएआईडीले १ सय ७६ भन्दा बढी देशमा काम गर्दै आएको छ। यसमा नेपाल पनि पर्छ। यूएसएआईडीमार्फत अमेरिकाले नेपालमा पनि उल्लेख्य आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

प्रकाशित: Feb 05, 2025| 11:44 बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्